२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

महाेत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिने भएका छन । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन आज प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रदेश सभामा एक सय चार सदस्य छन् । प्रदेश २ सरकारको नेतृत्व गर्ने जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका आठ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतको पक्षमा छ ।

प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेश सभा सदस्य सङ्ख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने छन । जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल गठन भएपछि प्रदेश नं. २ का मुख्यमन्त्री राउतलाई विश्वासको मत लिने संवैधानिक सङ्कट आएकाे छ ।

प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दाबी गरेका छन । प्रदेश सरकारबाट जानकी मन्दिरको गरिमामाथि खेलबाड भएको भन्दै आफूहरूले आजको बैठक अवरोध गर्ने नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए ।

जसपाबाट छुट्टिएकाे लोसपा नेपालले गएकाे भदौ ९ मा निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लङ्घन भएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?