२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

दसैं मनाऔं, मापदण्ड नछाडौं

यो पटक महामारीपछि आफन्त भेट्ने पहिलो दसैं बन्दैछ। खोपले बढाएको आत्मविश्वासले सबै थोक चलायमान छ ।

नेपालीको प्रमुख चाडपर्व भित्रिएको छ। कोरोना महामारीका कारण अघिल्लो वर्षको दसैं घरभित्रै सीमित भयो। महामारीले हजारौंको ज्यान लिइरहेको समयमा चाडपर्वभन्दा प्यारो ज्यान नै थियो। ज्यान जोगिए त, पर्व बर्सेनि मनाउने नै हो। सबैको सोच एउटै भयो र दसैं परिवारमा मनाइयो। यो पटक पनि संक्रमण घटेको छैन। धेरै नागरिकले खोप पाएकाले बजार खुल्यो, सवारीसाधन चले र बजारमा भीड बढ्दैछ। दसैंको तयारीमा सबै जुटेका छन्। महामारीपछि आफन्त भेट्ने पहिलो दसैं यो पटक बन्दैछ। खोपकै शक्तिमा सबैथोक चलायमान छ।

विश्व नै खोपप्रति आशक्त भइरहेको वर्तमान अवस्थामा पछिल्लो तथ्यांक हेर्दा खोप अभियानमा मुलुकले गर्व गर्न लायक उपलब्धि हासिल गरेको देखिन्छ। उत्पादन भएकोमध्ये ९० प्रतिशत खोप धनी र उच्च, मध्यम आय भएका देशमा गएको र खपत भएको, न्यून आय भएका देशमा ०.२ प्रतिशतमात्र गएको एड्स हेल्थकेयर फाउन्डेसन—एएचपीले बताएको छ। खोप सबैका लागि सहज र सम्भव नभएकाले निर्धन देशका निमुखा जनताले जनस्वास्थ्य मापदण्डको अभ्यास गर्ने र अभ्यस्त हुनुको विकल्प छैन।

नेपालजस्तोे अल्पविकसित, खोप उत्पादन स्वयं गर्न नसक्ने देशले छोटो समयमै पहिलो मात्रा ८० लाख र पूर्ण मात्रा ६५ लाख बढीले खोप लगाइसकेका छन्। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया सेरो क्षेत्रबाट विशेषत निर्देशक डा. पुनम खेत्रपाल सिंहबाट छोटो समयमै १० मिलियन पुर्‍याउँदा बधाई पाइसकेको छ। लक्षित १८ वर्षमाथिका मात्र भए पनि १२ देखि १८ वर्षकालाई पनि खोप दिन मोर्डनाबाट ४० लाख र फाइजरबाट ६० लाख मात्रा खरिद पक्का गरिसकेको छ। सरकारको लक्षितमध्ये असोजसम्म ३३ प्रतिशत र चैत्र मसान्तसम्म सबैलाई खोप लगाइसक्ने लक्ष्य छ। जुन अभियान अझै चलिरहेको छ।

दीर्घ कोभिडको जोखिम आधा कम
कोभिड–१९ को पूर्ण खोप लगाउँदा रोग लाग्ने जोखिम कम हुने मात्र नभई दीर्घ अर्थात् ल· कोभिड हुन सक्ने जोखिमबाट पनि बचाउने कि·स कलेज लन्डनको पछिल्लो खोजले देखाएको छ। अध्ययनमा दुई मात्रा खोप लगाइसकेकामा नलगाएकामा भन्दा कोभिड लागेका मानिसहरूमा चार हप्ताभन्दा लामो समयसम्म लक्षण रहिरहने समस्या ५० प्रतिशतले घटेको छ। डिसेम्बर २०२० देखि जुलाई २०२१ सम्मको १२ लाख एक मात्रा लिएका र ९ लाख ७१ हजारले दुई मात्रा खोप लिइसकेका मानिसहरूको तथ्यांक हो। जस्मा दुई मात्रा लिएका ०.२५ प्रतिशतमा संक्रमण भएको तथा ५ सय ९२ संक्रमितले एक महिनासम्म निरन्तर तथ्यांक दिइरहँदा ३१ जनामा दीर्घ कोभिड थियो।

बालबालिकालाई खोप लगाउँदा जोखिम कम
बालबालिकालाई खोप लगाउँदा सम्भावित फाइदा भनेको अन्य व्यक्तिको जीवन बचाउन सक्छ। बेलायतमा २ देखि १२ वर्षसम्मका बालबालिकालाई नाकमार्फत एउटा स्प्रे दिइने गरेको छ। जस्ले कुनै पनि संक्रामक फ्लुबाट उनीहरूका अभिभावकलाई बचाउने गर्छ। कोभिडविरुद्धको खोपको पहिलो मात्राले मात्रै पनि संक्रमणको सम्भावना आधाले घटाएको र संक्रमण भइहाले पनि अर्काे व्यक्तिमा फैलाउने सम्भावना कमै भएको देखिएको छ। साना नभए पनि ठूला उमेरका बालबालिका संक्रमित हुने र संक्रमण फैलाउने सम्भावना केही बढी छ। माध्यमिक तहका बालबालिकामा संक्रमण हुने र फैलाउने सम्भावना बढी रहेका प्रमाणहरू छन्। त्यसैले बालबालिकालाई पनि खोप लगाइदिँदा संक्रमण फैलने सम्भावना कम हुने देखिन्छ। मिक्स—म्याक्समा टी–सेलको प्रतिरोधी प्रतिक्रिया पनि कुनै एक खोपको दुई डोज लगाएको भन्दा शक्तिशाली देखिएको छ। बुस्टर डोज कहीँ लगाउन त कहीँ अध्ययन जारी छ।

आधा मात्राले पनि संक्रमण आधा
खोपको पहिलो मात्रा दिइएका दुई हप्तापछि र त्यसको तीन हप्तापछि संक्रमित भएका व्यक्तिले खोप नलगाएकालाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्ल्यान्ड, पीएचईले जनाएको छ। कुनै एक लगाएको व्यक्तिलाई खोप लिएको चार हप्तापछि लक्षणसहित संक्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ। अमेरिकाको रेगेनरोन संस्थाको अध्ययनमा अटोइम्युन रोग र अन्य गम्भीर प्रकृतिका रोगका कारण शरीरमा प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूमा खोपले एन्टिबडी उत्पादन गर्न नसक्ने वा गरे पनि कम भई रोगबाट
बचाउन नसकेको देखिन्छ।

खोपको पूर्ण मात्रापछि पनि संक्रमण
अमेरिकामा जनवरी १ देखि अप्रिल ३० सम्म १० करोडभन्दा बढीलाई खोप लगाए। सो समय १ करोड १० लाख संक्रमित हँुदा ब्रेक–थ्रु इन्फेक्सन १० हजार २ सय ६२ जनामा भएको थियो। संक्रमित २७ प्रतिशतलाई कुनै लक्षण देखिएन। मेदेखि अगस्ट २ सम्म १ सय ६४ मिलियनलाई खोप लगाइसकेकोमा ७ हजार ५ सय २५ जनामा ब्रेक–थ्रु इन्फेक्सन भएको छ। अमेरिकाको एरिजोनामा फाइजर र मोर्डना खोप लगाएका ४ हजार फ्रन्टलाइनरमा २०५ मा ब्रेक थ्रु इन्फेक्सन भएको न्यु इङ्ल्यान्ड जर्नलमा प्रकाशित छ। भारतमा सिनोफार्म, कोभ्याक्सिन र अक्सफोर्डको खोप पाइसकेका ६ सय ७७ जनामा ब्रेक थ्रु इन्फेक्सनमा ८६ प्रतिशतलाई डेल्टा भेरियन्टको थियो। गाभीका अनुसार विश्वका कुनै पनि खोप शतप्रतिशत प्रभावकारी छैनन्। कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएपछि पनि कोभिडबाट संक्रमितहरू देखिँदैछन, जस्लाई ब्रेक–थ्रु इन्फेक्सन भनिन्छ।

प्रभावकारिता
हरेक खोपको प्रभावकारिता देश, समाज, जिन, लिंग आदि अनुसार फरक भएको पाइन्छ। भारतमा ट्रायल तथा उत्पादन भएको आर्य अर्थात् तराई र पहाडका बासिन्दा तथा चीनको खोप हिमाल वा मंगोल जातिमा प्रयोग गर्दा प्रभावकारी हुन सक्छ। खोपको प्रभावकारिता, आर्थिक अवस्था, भौतिक संरचना, भौगोलिक अवस्था आदिलाई मध्यनजर गरी खोप छनोट र प्रयोगबारेको बहसलाई तीव्रता दिई निक्र्याेल गरिनुपर्छ। फाइजर र मोर्डनाको खोप ९४ देखि ९५ प्रतिशत मात्र प्रभावकारी देखिएका छन, अर्थात् सयमा ५, ६ जनामा संक्रमणको सम्भावना छ। सिनोफार्म ७८, अक्सफोर्ड एस्ट्राजेनिका ६७ प्रतिशत प्रभावकारी छ। खोप सबैले लगाउनपर्छ किनकि खोपले संक्रमण भए पनि गम्भीर हुन रोक्ने, अरूलाई सार्न रोक्ने, अस्पताल भर्ना र मृत्यृबाट जोगाउँछ।

मृत्युबाट जोगाउँछ
भारतस्थित एनआईभीको हालैको अध्ययनले खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्न परेको र ०.४ प्रतिशतको मृत्यृ भएको देखाएको छ। सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरियन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउँछ। कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प रहेको देखाएको छ। यस्तै खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि टाइम्स अफ इजरायलमा प्रकाशित इजरायल सरकारको स्वास्थ्य मन्त्रालयको अर्काे अध्ययनमा छ।

सार्वजनिकस्थलका अध्ययनमा खोप लिएका १० प्रतिशतले एक जनासम्म र ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्ने र बाँकी ७ प्रतिशतले फैलाउन सक्छ वा सक्दैन। तसर्थ तेस्रो लहर आए पनि दोस्रोको जस्तो क्षति कम गर्न खोपकै आवश्यकता छ। भारतको आईसीएमआरको अध्ययनले खोपको पूर्ण डोज लगाएपछि पनि डेल्टा भेरियन्टले संक्रमण भइरहेकाले अस्पताल भर्ना हुनबाट र मृत्यृबाट जोगाए पनि संक्रमणबाट नजोगाउने उल्लेख गरेको छ।

अन्तमा, खोपको एक वा पूर्ण डोजले संक्रमित हुनबाट नभई मृत्यृ हुनबाट धेरै हदसम्म जोगाउने देखाएको छ। खोप लगाइसकेपछि पनि संक्रमणको सम्भावना छ। त्यसैले खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिराख्नुपर्ने भनिएको हो। रोकथामका लागि आजसम्मको उत्तम विकल्प भनेकै खोप, सामाजिक दूरी, मास्क, स्यानिटाइजरको प्रयोग र साबुनपानीले हात धुनुका साथै आफूलाई स्वस्थ राख्ने सबै हो।
(लेखक डा. प्रकाश बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।)

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?