१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने

काठमाण्डाै । आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज काठमाण्डौसहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन ।

उनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यी बाहेकका ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्न सक्ने उनले बताइन । अहिले सिन्धुली र चितवन आसपासको क्षेत्रमा  मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादलको विकास भइरहेकाले केही बेरमा यी ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

बादलको विकास नै भए पनि चितवन र सिन्धुली आसपासका सबै क्षेत्रमा लगातार वा ठूलो पानी पर्ने सम्भावना भने छैन । यी ठाउँहरुमा पनि कतै पानी पर्ने र कतै नपर्ने उनले बताइन ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?