संविधान प्रधानमन्त्री र राष्ट्रपतीले अपहरण गरे: गगन थापा

संविधान प्रधानमन्त्री र राष्ट्रपतीले अपहरण गरे: गगन थापा

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताउएका छन् ।

बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले १० वर्ष लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने बताए । प्रधानमन्त्री ओलीको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निर्णय गर्ने उनको भनाइ छ ।

न्यायालय र न्यायाधीशहरूलाई विभिन्न बहानामा धम्काउने काम तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई नेता थापाले चेतावनी दिए । प्रधानमन्त्री ओली सङ्घीयता पक्षधर नभएकाले जुनसुकै बेला पनि प्रदेश, पालिका र संविधान खारेज गर्न सक्ने भएकाले सजग भएर बस्न उनले कार्यकर्तालाई आह्वान गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभइ संविधान धारा र उपधाराअनुसार अघि बढ्न पनि उनले सुझाव दिएका छन् । नेपाली नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्न र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्न गाउँगाउँका सबै नागरिकलाई प्रष्ट पार्नुपर्ने नेता थापाले बताए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (43%)
  • दुःखी (29%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (14%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.