२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने

काठमाडौं नेपाली कांग्रेसले कोरोना संक्रमण जोखिमका कारण दसैं,तिहार र छट पर्वका अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान नगर्ने भएको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह नगर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपिल गर्दछ। ’  विज्ञप्तिमा कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गएको उल्लेख छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?