१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

सन्धिखर्क नगरपालिकाको दशै लक्षित अनुगमन तीब्र, ७० प्रतिशत पशलमै छैन मुल्यसुची

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजनामा चेन्डाडा , झेडीबजार डिभर्ना , सल्लिकोट , अर्घाकोटारी ,नौलापानी लगयातमा रहेका किरानापसल , हार्डवर , फेन्सी र होटलहरु गरि ४२ ओटा पसलको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा पसलहरुबाट मिति गुज्रिएका चिजबल भुजा , म्यादनागेको फेन्टा खाद्यबस्तु , किराना पसलमा राखेको मदिरा र अबैध रुपमा बिक्री गदै आएको पट्रोल लगायतका सामग्री जफत गरि जिल्ला प्रशासनको हाताभित्र नष्ट गरिएको छ । अनुगमनको क्रममा पसलहरुको दर्ता नै नगरि मदिरा पसल संचालन गरेको , अधिकांसमा मुल्यसुचि नै नभएको पाइएकोले एक हप्ताभित्र सबन्धित ठाउँमा गइदर्ता गर्न आग्रह गरिएको सन्धिखर्क नगरपालिकाका बजार अनुगमन संयोजक जीबनारायण अचार्यले जानकारी दिए ।
केहि पसलमा खुल्ला रुपमा बिक्रीका लागि राखेको पट्रोल जफत गरी तत्काल बिक्री बितरण गर्न रोक लगाइएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्ण प्रसाद अचार्य , पशुसाखा प्रमुख नारायण खनाल ,अमिन रमेश खडायत, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि कृष्ण बहादुर तमाङ्ग,उद्योग बाणिज्य संघ जिल्ला सदस्य रुद्र प्रसाद श्रेष्ठ , चेम्बरअफ कमसका महासचिब प्रकाश भुसाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा ७० प्रतिशत पसलहरुले सन्धिखर्क नगरपालिकाको वडाहरुमा पसल संचालन गर्न अनुमति नै नलिइ संचालन गरेको अनुगमन समितिका सदस्य जिल्ला कृष्ण प्रसाद अचार्य जानकारी दिए ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?