२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउँदै सरकार

काठमाडौं । सरकारले पढ्दै कमाउँदै भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ अन्तर्क्रियामा शर्माले सरकारले अघि सारेको कार्यक्रमले मुलुकको शैक्षिक र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

शर्माले नेपालको विकासको मोडल सामूदायमा आधारित हुनुपर्ने आवश्यक्ता औंल्याए ।

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको भन्दै शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?