१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार : ३ बजे सपथ

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ नियुक्त मन्त्रीको शपथ आइतबार दिउँसो ३ बजे हुने भएको छ । यसअघि शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी रोकिएको थियो । कांग्रेस र माओवादीले मन्त्रीको नाम टुंगो लगाएपछि शपथ हुन लागेको हो ।

सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु, बर्दियाका तिलकराम शर्मालाई मन्त्री र विमला वली खत्री राज्यमन्त्री बन्ने टुंगो लागेको छ । आर्थिक मामिला तथा सहकारी मन्त्रीमा यसअघि नै कृष्णध्वज खड्का नियुक्त भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन् । उनले स्वास्थ्य मन्त्रालयमा पाउने चर्चा छ । कांग्रेसले चार मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको छ । कांग्रेसले यसअघि नै पर्यटन, ग्रामिण तथा सहरी विकासमन्त्रीमा दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ ।

वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका वसिउद्धिन खाँ र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पाल्पाका दलबहादुर रानालाई पठाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

कांग्रेसबाट राज्यमन्त्रीमा रिना नेपाल विक र अर्जुनकुमार श्रेष्ठलाई पठाउने निर्णय भएको छ। लुम्बिनीमा मुख्यमन्त्री कुलप्रसाद केसीले सपथ लिएको असोज २८ गते दुई महिना पुग्दैछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?