१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

खाद्यद्वारा हिजाे एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री

काठमाण्डाै । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरेको छ ।

कम्पनीको थापाथलीमा रहेको प्रधान कार्यालयबाट हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार हिजो अबेरसम्म  खसीबोका बिक्री गरेको खाद्यले अहिले बिहान ८ बजेदेखि फेरि बिक्री सुरु गर्दैछ ।

खसीबोका किन्न खाद्य कम्पनीको कार्यालय परिसरमा उपभोक्ताको भीड छ । खाद्यले प्रतिकिलो ६ सय ४० रुपैयाँमा खसीबोका बेचिरहेको छ । यसपालि खसीकोको मूल्य किलोमा ६ सय ५० रुपैयाँ तोकिएको थियो । यसमा १० रुपैयाँ छुट दिएर खाद्यले ६ सय ४० रुपैयाँमा बिक्री थालेको हो ।

गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । यस्तै, सरकारी संस्थानसँगै निजी व्यवसायीले सञ्चालन गरेका खसी बजारमा पनि खसीबोका किन्ने उपभोक्ताको भीड लागेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?