२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

जर्मनी विश्वकपमा छनाेट

युराेपियन राष्ट्र जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । जर्मनी विश्वकपमा छनाेट हुने पहिलाे टिम बनेकाे छ ।

युराेपियन क्षेत्रकाे छनाेट अन्तर्गत गएराति भएकाे खेलमा जर्मनीले नर्थ मेसेडाेनियालाई ४-० पराजित गरेर विश्वकपमा छनाेट भएकाे हाे । जर्मनी २० औं पटक विश्वकपमा छनाेट भएकाे हाे ।

जर्मनीका लागि टिमाे वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एक/एक गाेल गरे । समूह जे मा जर्मनीकाे ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएकाे हाे ।

दाेस्राे स्थानकाे राेमानियाकाे समान खेलबाट १३ अंक छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?